झिनो अंकले नेप्से घट्दा दुई अर्ब ८६ करोडको सेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेको छ । अघिल्लो दिन १० दशमलव ३७ अंकले बढेको नेप्से आज शुन्य दशमलव ४१ अंकले घटेर २१ सय ८३ दशमलव २१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १० अंकले घटेर चार सय १३ दशमलव १४ अंकमा झरेको छ ।
दुई सय ५४ वटा कम्पनीहरुको ४७ हजार नौ सय नौ पटकको कारोबारमा ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ८६ करोड ८२ हजार आठ सय ३९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा छ वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव छ अंकले घटेर १४ सय एक दशमलव १४ अंकमा झरेको छ । बिकास बैंक समूहको सूचक २१ दशमलव ४३ अंकले घटेर तीन हजार आठ सय ४९ दशमलव ९० अंकमा झरेको छ । फाईनान्स, लघुवित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि घटेका छन् ।
जलबिद्युत समूहको सूचक भने २२ दशमलव दुई अंकले बढेर २७ सय २७ दशमलव ३३ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ३८ दशमलव १८ अंकले बढेर ११ हजार ३१ दशमलव ८२ अंकमा चढेको छ । यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि एक सय ३९ दशमलव नौ अंकले बढेर नौ हजार चार सय ८८ दशमलव ४० अंकमा चढेको छ । होटेल तथा पर्यटन, लगानी र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार सय २० रुपैयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा समृद्धि फाइनान्सको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ६८ प्रतिशतले घटेर तीन सय ४५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज समृद्धि फाइनान्सको नैं प्रतिकित्ता तीन सय ४५ रुपैयाँ अन्तिम मुल्यमा नौ करोड ७० लाख ९५ हजार सात सय ६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया