४१ अंकले घट्यो नेप्से तीन अर्ब ३० करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन १४ दशमलव ६८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुन: ४१ दशमलव एक अंकले घटेर २१ सय २७ दशमलव ५२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३३ अंकले घटेर चार सय दुई दशमलव ९८ अंकमा झरेको छ ।
दुई सय ५६ वटा कम्पनीहरुको ५७ हजार एक सय २६ पटकको कारोबारमा ८८ लाख ३६ हजार चार सय ८८ कित्ता सेयर खरिद-बिक्री भएकोमा आज कुल कारोबार रकम तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा सबै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक १६ दशमलव दुई अंकले घटेर १३ सय ७७ दशमलव ८४ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ९५ दशमलव ४३ अंकले घटेर तीन हजार छ सय ९३ दशमलव १२ अंकमा झरेको छ ।
यसैगरी जलबिद्युत समूहको सूचक पनि ७८ दशमलव ५० अंकले घटेर २६ सय ४० दशमलव ३१ अंकमा झरेको छ । जीवन बीमा समूहको सूचक पनि एक सय २१ दशमलव ५४ अंकले घटेर १० हजार नौ सय ४१ दशमलव ४४ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सूचक पनि दुई सय ७० दशमलव १३ अंकले घटेर नौं हजार दुई सय नौ दशमलव ५६ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय आठ रुपैयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा युनाइटेड इदीमर्दी आरबी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि सात दशमलव १४ प्रतिशतले घटेर पाँच सय ४७ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय १९ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा १७ करोड ६५ लाख ४० हजार ८६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया