दल एउटै छ…
अर्जुन पराजुली
२०७९ माघ २२ गते १२:०२

दल एउटै छ मेरो देशमा
मात्रै नाम अलग अलग छ !
काम एउटै छ–केवल खाने
मात्रै बदनाम अलग अलग छ !
माओ, लेलिन, विपी, राजा
आ–आफ्नु राम अलग अलग छ !
उद्यम एउटै बेच्ने आफनु राम
मात्रै धाम अलग अलग छ !
‘नैवेद’एउटै छ, भान्सा एउटै
खाने लाम अलग अलग छ !


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया