७ अंकले नेप्से घट्दा तीन अर्ब ६९ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उच्च बृद्धिमा साताको चौथो कारोबार दिन बुधबार भने ब्रेक लागेको छ । अघिल्लो दिन झण्डै ७७ अंकले बढेको नेप्से आज पनि सुरुवाती समयमा बढेको थियो । तर अन्तिम समयमा आएर नेप्से सात दशमलव १३ अंकले घटेर २१ सय ७० दशमलव २१ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८७ अंकले घटेर चार सय १४ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको ५५ हजार छ सय दुई पटकको कारोबारमा एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार आठ सय १७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा अन्य समुहको सूचक सात दशमलव ७५ अंकले बढेपनि बाँकी समूहहरुको सुचक उच्च अंकले घटेका छन् । जसमध्ये बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ७९ अंकले घटेर १४ सय एक दशमलव २७ अंकमा झरेकोमा बिकास बैंक समुहको सूचक पनि २२ दशमलव ६२ अंकले घटेर तीन हजार आठ सय ३६ दशमलव ९६ अंकमा झरेको छ ।
जलविद्युत समुहको सुचक पनि २७ दशमलव ३६ अंकले घटेर २७ सय ११ दशमलव ३२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ५८ दशमलव ६३ अंकले घटेर १० हजार नौं सय ३४ दशमलव ४३ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सूचक पनि २८ दशमलव ५४ अंकले घटेर नौं हजार तीन सय ८९ दशमलव ५७ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र टेडिङ समूहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज तेह्थुम पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य तीन दशमलव ३२ प्रतिशतले बढेर चार सय ३६ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव १४ प्रतिशतले घटेर २४ सय ३५ रुपैयाँ १० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी आज नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता आठ सय ५२ रुपैयाँ अन्तिम मुल्यमा ११ करोड २८ लाख ६७ हजार दुई सय ७१ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया