सोमबार, वैशाख ८, २०८२

नेप्से २,१ ८२ अंकमा, सातामा १२ अर्ब ५२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ २७ गते ९:४६

काठमाडौ । यो साता नेप्से २१ सय ८२ दशमलव ६३ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय १५ दशमलव ४२ अंकमा सिमित भएको छ ।

सातामा दुुई सय ६० वटा कम्पनीहरुको दुई लाख २० हजार १२ पटकको कारोबारमा तीन करोड ४६ लाख १३ हजार दुई सय ३५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १२ अर्ब ५२ करोड २१ लाख ७९ हजार तीन सय ९४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा झण्डै एक अर्ब रुपैयाँले कम हो ।

गत साता भने नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ३९ हजार चार सय ९८ पटकको कारोबारमा तीन करोड ५५ लाख ८९ हजार सात सय ९८ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १३ अर्ब ७२ लाख ७७ हजार दुई सय ६६ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन नेप्से बढेको थियो भने चौंथो दिन घटेको थियो ।

पहिलो दिन एक दशमलव ५४ अंकले बढेर दुई हजार ९६ दशमलव अंकमा पुगेकोमा नेप्से अन्तिम कारोबार दिन १२ दशमलव ४५ अंकले बढेर २१ सय ८२ दशमलव ६३ पुग्न सफल भएको थियो । यसैगरी पहिलो दिन एक दशमलव ८९ अंकले बढेर चार सय दशमलव २६ अंकमा कायम रहन सफल भएको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन एक दशमलव ४२ अंकले बढेर चार सय १५ दशमलव ४२ अंकमा कायम रहन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुमा एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, स्टान्र्डड चार्टड बैंक आदि परेकाछन भने कारोबार भएको सेयर संख्याको आधारमा नेपाल टेलिकम, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया