को हो त्यो बिरामी ?
अर्जुन पराजुली
२०७९ माघ २८ गते १०:०१

राष्ट्रपतिको सवारी हिड्ने बाटोमा हिड्ने
को हो त्यो डाक्टर ?।
राष्ट्रपति सवारी हुने बेलामा बिरामी हुने
को हो त्यो बिरामी ?।
डाक्टरसाहेब !
बिरामी चेक गर्न जानै थियो
एक घण्टा पछि गएको भए के हुन्थ्यो ?।
बिरामीसाहेब !
बिरामी हुने थियो
एक घण्टा पछि भएको भए के हुन्थ्यो ?।


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया