राष्ट्रपतिको सवारी !
अर्जुन पराजुली
२०७९ फागुन १ गते १०:३५
राष्ट्रपतिको सवारी हिड्ने बाटोमा
हिडने
को हो त्यो डाक्टर ?!
राष्ट्रपति सवारी हने बेलामा
बिरामी हने
को हो त्यो बिरामी ?!
डाक्टरसाहेब !
बिरामी चेक गर्न जानै थियो
एक घण्टा पछि गएको भए के हुन्थ्यो ?!
बिरामीसाहेब |
बिरामी हुने थियो
एक घण्टा पछि भएको भए के हुन्थ्यो ?!

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया