१६ अंकले घट्यो नेप्से, एक अर्ब ७८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से १६ दशमलव ४० अंकले घटेर २१ सय पाँच दशमलव ४६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७४ अंकले घटेर चार सय एक दशमलव ६९ अंकमा झरेको छ ।
नेप्सेमा मंगलबार दुई सय ५५ वटा कम्पनीहरुको ३६ हजार आठ सय ८० पटकको कारोबारमा ४६ लाख ८५ हजार आठ सय नौं कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ७८ करोड ७० लाख १६ हजार तीन सय ७२ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समूहहरुको कारोबार भएकोमा उत्पादनमुलक समूहको सूचक १६ दशमलव १७ अंकले बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ४७ अंकले घटेर १३ सय ६७ दशमलव ५१ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक ३६ दशमलव ८४ अंकले घटेर तीन हजार सात सय १४ दशमलव ६७ अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक २६ दशमलव ९५ अंकले घटेर तीन हजार दुई सय तीन दशमलव ३२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ८५ दशमलव ३८ अंकले घटेर १० हजार पाँच सय ७३ दशमलव ९२ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ४९ दशमलव ७९ अंकले घटेर नौ हजार एक सय ५५ दशमलव ७८ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा मंगलबार युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव १२ प्रतिशतले बढेर २० हजार दुई सय ६९ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बाराही हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव सात प्रतिशतले घटेर ६ सय नौं रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता २५ सय ७४ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ७५ लाख ६५ हजार तीन सय ७२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया