नेपाल प्रज्ञाप्रतिष्ठानको कूलपतिमा भूपाल राई र उपकूलपतिमा विमल निभा नियुक्त
नेपालखोज
२०७९ फागुन ३ गते २१:०७

काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानको कूलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको हाे ।
संस्कृति मन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाला प्रचण्डले प्रज्ञाप्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् । त्यसैगरी उपकूलपतिमा कवि विमल निभा नियुक्त भएका छन् ।
प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिजाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया