नेप्से २,०७० दशमलव ४१ अंकमा सीमित, आठ अर्ब २४ करोडको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से दुई हजार ७० दशमलव ४१ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९६ दशमलव ४४ बिन्दुमा सीमित भएको छ । सातामा दुई सय ५६ वटा कम्पनीहरुको एक लाख ५६ हजार छ सय ६८ पटकको कारोबारमा दुई करोड २३ लाख ८८ हजार तीन सय ३६ कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट यो साता कुल कारोबार रकम आठ अर्ब २५ करोड २२ लाख ७३ हजार चार सय ८४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो । गत साता भने नेप्सेमा दुई सय ६० वटा कम्पनीहरुको दुई लाख २० हजार १२ पटकको कारोबारमा तीन करोड ४६ लाख १३ हजार दुई सय ३५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १२ अर्ब ५२ करोड २१ लाख ७९ हजार तीन सय ९४ रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेकोमा चार कार्य दिन नै नेप्से घटेको थियो भने दोस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसमध्ये पहिलो दिन ६० दशमलव ७७ अंकले घटेर २१ सय २१ दशमलव ८६ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि २१ दशमलव १५ अंकले घटेपछि दुई हजार ७० दशमलव ४१ अंकमा सिमित हुन पुगेको छ । यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से लगातार घटेको थियो । यसैगरी पहिलो दिन १० दशमलव ९९ अंकले घटेर चार सय चार दशमलव ४३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि तीन दशमलव ७० अंकले घटेपछि तीन सय ९६ दशमलव ४४ अंकमा सिमित हुन पुगेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक आदि परेकाछन भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।
प्रतिक्रिया