बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंकद्वारा पुनः १३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०७९ फागुन ५ गते १६:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार आगामी सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने फागुन १० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र सात गते, २०८० जेठ नौ गते र २०८० भदौ पाँच गते तोकिएका छन् ।

यि ट्रेजरीहरुमा २८ दिने अवधिको पाँच अर्बको नयाँ रहेको छ भने बाँकी पुरानो नविकरण अन्र्तगतको रहेको छ । यसअघि यही फागुन दुई गते पनि राष्ट्र बैकले १३ अर्ब रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया