कृषि बैंकमा प्रमुख कार्यकारी अधिकृत गुरुङले सम्हाले पदभार

काठमाडौं । कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदभार ग्रहण गरेका छन् । ४ वर्ष कार्य अवधीका लागि नियुक्त भएका गुरुङलाई संचालक समिति बैठकका अध्यक्ष सुमन दाहालले सपथ ग्रहण गराएका हुन् ।
उक्त अवसरमा संचालक समितिका सदस्यहरु क्रमशः डा.राजेन्द्र प्रसाद मिश्र, संजिव पौडेल, हरिप्रसाद पराजुली, बिनोद कुमार गुरांगाई बैंकका उप–महाप्रबन्धकहरु क्रमशः प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा, प्रेम कुमार श्रेष्ठ, मुख्य निर्देशक निर्मलप्रसाद उपाधयाय कम्पनी सचिव तथा प्रबक्ता हिमलाल पौडेल र सचिवालयका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
पदभार ग्रहण नवनियूक्त प्रमुख कार्यकारी अधिकृतगुरुङले बैंकमा हाल कार्यरत उपमहाप्रबन्धकहरु सम्पूर्ण विभागका विभागीय प्रमुखहरु सवैको समउपस्थितीमा कर्मचारी बैठक आवहन गरी बैंकका समग्र गतिविधिका बारेमा जानकारी लिई आगामी दिनमा परिवर्तित बैकिङ्ग बजारलाई बुझेर बैंकलाई अझ बढी शसक्त ढंगले अगाडी बढाउने गरी विभागीय कार्यहरु अगाडी बढाउन निर्देशन दिए ।
प्रतिक्रिया