५७ अंकले घट्यो नेप्से, दुई अर्ब ५२ करोडको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको सञ्चालनमा गरेको कडाईको प्रभाव सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले बुधबार लघुवित्त संस्गाहरुको नाउँमा परिपत्र जारी गर्दे १५ प्रशित भन्दा बढी लाभाँश वितरण गर्न नपाउने, एउटा ऋणीलाई बढी सात लाख भन्दा बढी कर्जा दिन नपाउने लगायतको व्यवस्था गरेको थियो । यो व्यवस्थाको प्रभाव आजको सेयर बजारमा देखिएको छ । आज लघुवित्त संस्थाहरुको चार सय अंक भन्दा बढीले घटेको छ भने लघुवित्तको सेयर मुल्य घटेको छ ।
सोही कारण अघिल्लो दिन झण्डै ३४ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने ५७ दशमलव ७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ अंकमा झरेको छ । यसैगरी सेन्सिटभ इन्डेक्स पनि ११ दशमलव ९८ अंकले घटेर तीन सय ८४ दशमलव ३६ अंकमा झरेको छ ।
दुई सय ६० वटा कम्पनीहरुको ४८ हजार एक सय पाँच पटकको कारोबारमा ६३ लाख २६ हजार एक सय पाँच कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समूहको सूचक २४ दशमलव २२ अंकले घटेर १३ सय ३४ दशमलव ५१ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि ५८ दशमलव सात अंकले घटेर २५ सय ५६ दशमलव ४६ अंकमा झरेको छ ।
यसैगरी जीवन बिमा समुहको सुचक पनि दुई सय १८ दशमलव ७० अंकले घटेर १० हजार दुई सय चार दशमलव ४४ अंकमा झरेको छ । निर्जिवन बिमा समुहको सुचक पनि एक सय ९८ दशमलव ९२ अंकले घटेर आठ हजार आठ सय ७८ दशमलव ३३ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक उच्च अंकले घटेको छ । जसमध्ये लघुवित्त समूहको सूचक एकै दिन चार सय १२ अंकले घटेको छ ।
नेप्सेमा आज नेपाल हाईड्रो डेभलपर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ८२ प्रतिशतले बढेर चार सय १३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा छिमेक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर एक हजार ५४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज छिमेक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता एक हजार ५४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा आठ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया