प्रधानमन्त्री दाहाललाई बुझाए राप्रपाका मन्त्रीहरुले राजीनामा
नेपालखोज
२०७९ फागुन १३ गते १३:०५

काठमाडाैं । राप्रपाका मन्त्रीहरुले शनिबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका छन्।
शनिबार बिहान बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया