सोमबार, वैशाख ८, २०८२

२४ अंकले नेप्से घट्दा १ अर्ब २८ करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन १७ गते १५:४७

काठमाडौं । नेप्सेको निरन्तरको गिरावटले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से आज पुन २४ दशमलव ४४ अंकले घटेर १९ सय ९५ दशमलव ४९ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५६ अंकले घटेर तीन सय ७८ दशमलव ३७ अंकमा झरेको छ । दुई सय ५७ वटा कम्पनीहरुको २६ हजार चार सय ५४ पटकको कारोबारमा ३७ लाख २९ हजार नौं सय ७६ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब २८ करोड ८३ लाख ६३ हजार चार सय २४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ६३ अंकले घटेर १३ सय नौं दशमलव ५२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ५१ दशमलव ४५ अंकले घटेर तीन हजार पाँच सय ८६ दशमलव २३ अंकमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि ३४ दशमलव ९५ अंकले घटेर २५ सय ५६ दशमलव ९१ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ५६ दशमलव ८१ अंकले घटेर १० हजार दुई दशमलव ४२ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ९७ दशमलव ६२ अंकले घटेर आठ हजार साता सय ७१ दशमलव २६ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुुचक पनि घटेका छन् ।

नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १६ सय ६३ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बोटर्लस नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ६१ अंकले घटेर १२ हजार पाँच सय ६४ रुपैंयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ७५ रुपैंयाँ अन्तिम मुल्यमा आठ करोड ७२ लाख ३७ हजार ८५ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया