प्रदेश १ : प्रस्तावित नाममाथि संशोधन प्रस्ताव दर्ता गराउन प्रदेशसभाको बैठक दुई घण्टा स्थगित
नेपालखोज
२०७९ फागुन १७ गते १९:३२

काठमाडाैं । प्रदेश नम्बर १ को प्रस्तावित नाममाथि संशोधन प्रस्ताव दर्ता गराउन प्रदेश सभाको बैठक दुई घण्टा स्थगित भएको छ ।
दर्ता भएको कोसी प्रदेशको नामको विषयमा सैद्धान्तिक छलफल सकिएसँगै सभामुख बाबुराम गौतमले संशोधनको समय दिएर दुई घण्टाका लागि सभा स्थगन गरेका हुन् ।
प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको थियाे । सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया