सोमबार, वैशाख ८, २०८२

ओटीटी प्लेटफर्मको चर्चा

नेपालखोज २०७९ फागुन १९ गते ११:३०

काठमाडाैं । यो वर्ष बक्स अफिसमा अनेकौं फिल्म रिलिज हुँदैछन् । यद्यपि नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, जीफाईभ, सोनी लिभ, डिज्नी प्लस हटस्टार जस्ता ओटीटी प्लेटफर्महरूले मनोरञ्जनको नयाँ माध्यमका रूपमा बलियो छाप बनाएका छन् । यसमा ठूलो संख्यामा वेब सिरिज स्ट्रिम गर्ने योजना छ ।

ओटीटी प्लेटफर्महरू अमेजन प्राइम भिडियो, नेटफ्लिक्स, जीफाईभ, सोनी लिभ, एमएक्स प्लेयर तथा डिज्नी प्लस हटस्टारहरु थिएटर बाहेक मनोरञ्जनको बलियो माध्यमका रुपमा स्थापित भैसकेका छन । अन्यथा एक समय थियो जब मानिसहरूसँग सीमित मनोरञ्जन विकल्पहरू थिए । सिनेमा हेर्न थिएटर नै जानुपर्थ्यो । टिभीमा नयाँ फिल्म आउन एक वर्षभन्दा बढी समय लाग्थ्यो । टेलिभिजनमा हप्तामा एक–दुई फिल्म मात्र प्रशारण हुन्थ्यो ।

दूरदर्शनपछि केबल टिभीको जमाना आयो त्यतिबेला पनि त्यसमा पुराना फिल्म मात्रै देखाइन्थ्यो । यद्यपि अहिले फिल्म बक्स अफिसमा रिलिज हुनुअघि नै डिजिटल अधिकार बिक्री भैसकेको हुन्छ । हलमा फिल्म रिलिज भएको दुई महिनापछि नै ओटीटीमा रिलिज हुन थालेका छन । चलचित्र बाहेक प्रत्येक महिना ठूलो संख्यामा वेब सिरिजहरू पनि स्ट्रिम हुन्छन् । ‘सेक्रेड गेम्स’ र ‘मिर्जापुर’ बाट सुरु भएको यो शृङ्खला निरन्तर जारी छ ।

वेब सिरिजका धेरै सिजन रिलिज भइरहेका छन् । ताजा सामग्री र प्रतिभाशालि कलाकारहरूको उपस्थितिका कारण वेब सिरिजका आफ्नै दर्शकहरू छन् । उनिहरु कुनै पनि प्रसिद्ध श्रृंखलाको नयाँ सिजन उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन् । उदाहरणका लागि, मनोज बाजपेयीको वेब सिरिज ‘द फेमिली म्यान’, पंकज त्रिपाठीको वेब सिरिज ‘मिर्जापुर’ र जितेन्द्र कुमारको वेब सिरिज ‘पञ्चायत’ को प्रत्येक सिजनपछि नयाँ सिजनको प्रतीक्षा सुरु हुन्छ । अहिले यी तीन सिरिजको तेस्रो सिजनको प्रतिक्षा भैरहेको छ । तीनवटै सिजनको तेस्रो सिजन यहि वर्ष प्रसारणमा आउने अपेक्षा गरिएको छ । यससँगै केही नयाँ वेब सिरिजहरू जस्तै सञ्जय लीला भन्सालीको हीरामंडी र रोहित शेट्टीको इन्डियन पुलिस फोर्स पनि यहि वर्ष रिलिज हुँदैछन ।

प्रतिक्रिया