सोमबार, वैशाख ८, २०८२

दूरसञ्चारले मनायो रजत जयन्ती, पूर्व पदाधिकारी र उत्कृष्ट कर्मचारीलाई सम्मान

नेपालखोज २०७९ फागुन २० गते १५:२१

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा रजत जयन्ती मनाएको छ ।

आज नाचघर जमलमा आयोजित कार्यक्रममा प्राधिकरणमा २०५४ साल देखि कार्यरत अध्यक्ष लगायतका पदाधिकारीलाई सम्मान गरिएको छ। रजत जयन्तीको अवसरमा पूर्व पदाधिकारीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनाए । कार्यक्रममै डा. प्रदिप पौडेललाई बर्ष उत्कृष्ट कर्मचारी घोषणा गर्दै पुरस्कृत गरिएको छ भने २० बर्ष देखि कार्यरत चालकद्धय विष्णुहरी फुँयाल र अर्जुन कार्कीलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रजत जयन्ती स्मारिका र स्वतन्त्र कर्मचारी संगठनको सातौँ स्मारिका विमोचन गरिएको छ । सोही अवसरमा जयन्ती विशेष आयोजना गरिएको फुटसल कप, हाजिरीजवाफ, दौड, टेवलटेनिस र व्याटमिन्टन प्रतियोगीताका विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरिएको छ ।

सञ्चारमन्त्री रेखा शर्माले सूचनामैत्री समाज निर्माणमा दत्तचित्त भएर लाग्न आग्रह गरे । दूरसञ्चारले ग्रामीण क्षेत्रलाई ध्यानमा राख्दै सुलभ र गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा उनको जोड थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव नेत्र प्रसाद सुवेदीले प्राधिकरण शुन्य कमजोरी सहित दीगो नतिजाका लागि अघि बढ्नुपर्ने बताए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपाल निर्माणमा सूचना प्रविधिको हिसावले योगदान गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया