गायीका सुनिता शर्माको नयाँ गीत ‘बस बस पियारी’ बजारमा सर्वजनिक

काठमाडौं । गायीका सुनिता शर्माले आफ्नो नयाँ गीत ‘बस बस पियारी’ बजारमा ल्याएकी छन् । गुल्मी जिल्लामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी सुनिताको हाल सम्म १२ वटा गीतहरु बजारमा आएका छन् ।
जुनेली रातैमा बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुनिताको पछिल्लो गीत ‘बस बस पियारी’ लाई दर्शक स्रोताले मन पराउने उनको विश्वास छ । गीतमा बद्रि सापकोटाले उनलाई स्वरमा सहयोग गरेका छन् भने गीतको लय कृष्ण लामिछाने र लय पनि उनै बद्रि सापकोटाको रहेको छ । गीतको म्युजिक भिडियोमा अंजली अधिकारी र ओवी रायमाझीले अभिनय गरेका छन् भने निर्देशन जेरी भण्डारीले गरेका हुन् ।
सन्तानको महिली छोरीको रुपमा रहेकी सुनिताको परिवार सबैले गीत गुनगुनाउँछन् । सबै परिवार लोक पारखी भए पनि संगीतिक क्षेत्रमा लाग्ने उनी मात्र हुन् । अरुले गुल्मीमै गाउँघरमा हुने कार्यक्रम तथा मेलापाखामा भने गीत गाउँछन् ।
प्रतिक्रिया