विश्व प्रकृति फोटोग्राफी पुरस्कार-२०२२

विश्व प्रकृति फोटोग्राफी पुरस्कार – २०२२ का विजेताहरूको घोषणा गरिएको छ । यहाँ दिईएको तस्बिरमा आफ्नो श्रेणीमा उत्कृष्ट घोषित केहि तस्बिर देखिन्छन् ।
यस पटक जर्मनीका जेन्स कुलम्यानले एनिमल्स पोर्ट्रेट विधामा स्वर्ण र ग्रान्ड पुरस्कार जितेका छन । उनले जिम्बाब्वेको माना पुल राष्ट्रिय निकुञ्जमा गोहीको तस्बिर खिचेका थिए ।
जेक मोशरले आफ्नो मिल्की वेको फोटोका लागि प्लानेट अर्थको ल्याण्डस्केप तथा वातावरण श्रेणीमा स्वर्ण प्राप्त गरे । उनले ती तस्बिर अमेरिकाको ग्रान्ड टेटन पीकमा खिचेका थिए । राइड अन यू शीर्षकको तस्बिरले उभयचर र सरीसृपहरूको व्यवहार बिधाको पुरस्कार जित्यो । यसमा नोरिहिरो इकुमाले जापानी स्ट्रिम टोडको फोटो खिचेका थिए । यी टोडहरू पहाडमा धेरै उचाइमा बस्छन् र अण्डा पार्न पहाडबाट तल झरि नदी किनारमा पुग्छन् । यसैगरी पिपल एन्ड नेचर विधामा भर्जिल रेग्लियोनीले स्वर्ण पदक जितेका छन् ।





प्रतिक्रिया