सोमबार, वैशाख ८, २०८२

नेप्से दुई हजार दुई दशमलव ७० अंकमा, सातामा चार अर्ब १६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन २६ गते १०:१७

काठमाडौं । यो साता नेप्से सुचकांक दुई हजार दुई दशमलव ७० अंकमा कायम रहन सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ५० अंकमा कायम रहेको छ ।

सातामा दुुई सय ६२ वटा कम्पनीहरुको ९३ हजार चार सय सात पटक सेयर किनबेच भएका छन् । जसबाट एक करोड २४ लाख ५७ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुुदा कुल कारोबार रकम चार अर्ब १६ करोड २३ लाख २३ हजार एक सय आठ रुपैयाँ कायम हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले कम हो ।

गत साता दुुई सय ६२ वटा कम्पनीहरुको एक लाख ७१ हजार पाँच सय आठ पटकको कारोबारमा दुई करोड २९ लाख ६९ हजार आठ सय ९४ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम आठ अर्ब ४३ करोड १३ लाख ७१ हजार ७७ रुपैयाँ कायम हुन पुगेको थियो । यो साता नेप्से नियमित कारोबारको लागि तीन कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन नेप्से घटेको थियो भने तेस्रो र पाँचौं दिन बढेको थियो । बाँकी दुई कार्य दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।

कारोबार खुलेको मध्ये पहिलो दिन ३० दशमलव ७७ अंकले घटेर १९ सय ३८ दशमलव २५ अंकमा खुम्चिएको नेप्से पाँचौं दिन भने ५० दशमलव शुन्य चार अंकले बढेपछि दुई हजार दुई दशमलव ७० अंकमा पुग्न सफल भएको थियो । यसैगरी पहिलो दिन चार दशमलव ८६ अंकले घटेर तीन सय ६८ दशमलव ७० खुम्चिएको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन नौं दशमलव २७ अंकले बढेर तीन सय ७९ दशमलव ५० अंकमा पुग्न सफल भएको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया