अर्जुन पराजुलीका व्यंग्य कविता
अर्जुन पराजुली
२०७९ फागुन २७ गते ८:३८
महिलालाई त
लुगा दिने हो धन
गाईभैंसी दिने हो दुहुन
भान्सा दिने हो पकाउन
काम दिने हो सकाउन
आश्वासन दिने हो जाउन
गहना दिने हो फकाउन
साँचो दिने हो ताल्चा खोल्न लाउन
छोराछोरी दिने हो स्कुल लान ल्याउन
चियापत्ती दिने हो उमाल्न
चिनी दिने हो चियामा हाल्न
तर, पद दिन्छु दिन्छु भन्ने हो, दिने होइन ।
हामी पुरुष
जिउँदै हुँदाहुँदै पनि
पद महिलाले पाए भने
दुनियाँका अगाडि हामीले
मुख कसरी देखाउनु ?


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया