म्युजिकल चियर !
बिटु केसी
२०७९ फागुन २७ गते ९:५५

सत्ता बिक्दैछ हेर भाउ लागेको छ
कतै छ उत्सव कतै घाउ लागेको छ
राष्ट्रिय सहमति आलोपालो सरकार
वाह! क्या गजबको दाउ लागेको छ
भोज भत्तेर हो देश मिलिजुली खाउ
चुल्होमा बडेमानको ताउ लागेको छ
रोक्ने कसले यो म्युजिकल चियर ?
स्वाभिमान बैरीको पाउ लागेको छ
हिजो घर फर्केका खुशीहरुले भने
अब यो देश छोडी जाउँ लागेको छ ।
सम्बन्धित
प्रतिक्रिया