सोमबार, वैशाख ८, २०८२

२७ अंकले नेप्से घट्दा एक अर्ब ६६ करोडको काराेबार

नेपालखोज २०७९ फागुन २८ गते १५:४२

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से २६ दशमलव ८० अंकले घटेर १९ सय ७५ दशमलव ८९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६० अंकले घटेर तीन सय ७३ दशमलव ९० अंकमा झरेको छ ।

दुई सय ६० वटा कम्पनीह्रुको ३६ हजार दुई सय ८० पटकको कारोबारमा ४७ लाख ७२ हजार एक सय ४० कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय १० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक २२ दशमलव शून्य पाँच अंकले घटेर १२ सय ९३ दशमलव ३२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४६ दशमलव १३ अंकले घटेर तीन हजार छ सय छ दशमलव ७३ अंकमा झरेको छ ।

जलविद्युत समूहको सूचक पनि ३८ दशमलव सात अंकले घटेर २५ सय ५६ दशमलव ८३ अंकमा झरेकोमा जीवन बिमा समुहको सुचक पनि एक सय ३९ दशमलव ३३ अंकले घटेर नौ हजार नौ सय २१ दशमलव ७९ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सुचक पनि एक सय १७ दशमलव ९५ अंकमा झरेकोमा फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टेडिङ समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज शुभम पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता तीन सय ५२ रुपैयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गुडविल फाइनान्सको ऋणपत्र २०८३ को प्रतियुनिट सेयर मुल्य छ दशमलव ५५ प्रतिशतले घटेर एक हजार २० रुपैयाँ २० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम सिमेन्टको प्रतिकित्ता चार सय ४९ रुपैयाँ ३० पैसा अन्तिम मुल्यमा आठ करोड २१ लाख ५८ हजार नौं सय ४३ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया