दुई अंकले बढ्यो नेप्से एक अर्ब १३ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन २४ दशमलव ६८ अंकले घटेको नेप्से आज (मंगलबार) एक दशमलव ८५ अंकले बढेर १९ सय ५३ दशमलव शून्य छ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव १७ अंकले घटेर तीन सय ६८ दशमलव ३२ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय ५५ वटा कम्पनीहरुको २६ हजार चार सय ७३ पटकको कारोबारमा ३३ लाख १८ हजार एक सय आठ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १३ करोड ५९ लाख २५ हजार तीन सय ५७ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहहरुको कारोबार भएकोमा आज पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सुचक तीन दशमलव ९४ अंकले घटेर १२ सय ६९ दशमलव शुन्य दुई अंकमा झरेको छ । लघुवित्त, उत्पादनमुलक, सामूहिक लगानी कोष र ट्रेडिङ समूहको सूचक पनि घटेका छन् । बिकास बैंक समूहको सूचक भने १२ दशमलव ८८ अंकले बढेर तीन हजार पाँच सय ८२ दशमलव ३८ अंकमा चढेको छ ।
जलबिद्युत समूहको सूचक १८ दशमलव ९७ अंकले बढेर २५ सय ५९ दशमलव ४५ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ६ दशमलव ८८ अंकले बढेर नौ हजार सात सय ६३ दशमलव ६६ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ४७ दशमलव ६१ अंकले बढेर आठ हजार आठ सय सात दशमलव ३० अंकमा चढेको छ । यि बाहेक फाइनान्स, होटल तथा पर्यटन, लगानी र अन्य समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १३ सय २५ रुपैयाँ अन्तिम मूल्यमा ९० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईसी एशिया ब्यालेन्स फण्डको प्रतियुनिट सेयर मुल्य पाँच दशमलव ६४ प्रतिशतले घटेर आठ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।
यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता सात सय ६२ रुपैयाँ ९० पैसा अन्तिम मुल्यमा १० करोड ३७ लाख ४३ हजार ३३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया