बिहीबार, वैशाख ११, २०८२

’पशुपति प्रसाद २ः भष्मे डन’ को शुभमुहूत

नेपालखोज २०७९ चैत ३ गते १५:१७

काठमाडौं । फिल्म ’पशुपति प्रसाद २ः भष्मे डन’ को शुभमुहूर्त गरिएको छ । दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्मको शुक्रबार पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तमा फिल्मका विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर उपस्थित थिए । आगामी चैत १० गतेबाट छायांकन सुरू हुने फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि खगेन्द्र स्वयम् हुन् ।

टुकी आर्टस् ब्यानरमा निर्माण हुने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहनेछ। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ ।

२०७३ सालमा रिलिज भएको फिल्म ’पशुपति प्रसाद’ को स्पिन–अफको शीर्ष भूमिकामा विपिन कार्की छन् । ‘पशुपति प्रसाद’ मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया