अर्जुन पराजुलीका व्यंग्य कविता
अर्जुन पराजुली
२०७९ चैत ६ गते ९:५२

जो खेती गर्दैन
ऊ किसानको नेता ।
जो मजदुरी गर्दैन
ऊ मजदुरको नेता ।
जो पढाउँदैन
ऊ प्राध्यापकको नेता ।
जो पढदैन
ऊ विद्यार्थीको नेता ।
जो सबैभन्दा बूढो छ
ऊ युवाको नेता ।
जो कुराबाहेक केही गर्दैन
ऊ कम्युनिष्ट नेता ।
जुन महिलामा
लिङ्गबाहेक सबै पुरुषको छ
ऊ महिला नेता ।
र
जुन नेताको छातीमा
देश बाहेक सबैकुरा छ
ऊ राष्ट्रवादी नेता ।।


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया