‘प्रसाद २’को ‘मार्सी धान’सार्वजनिक
नेपालखोज
२०७९ चैत ८ गते १२:३८

काठमाडौं । फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरिएको छ ।
राजनराज सिवाकोटीको शब्द तथा संगीतमा राजनराज र मिलन नेवारको स्वर सुन्न सकिन्छ ।
भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको आकर्षक नृत्यसहित विपिन कार्की र केकी अधिकारी पनि फिचर्ड छन् । भिडियोमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।
चैत २४ गते रिलिज हुन लागेको फिल्म सुदर्शन थापाको निर्देशन र सुशील पौडेलको पटकथा लेखनमा निर्माण गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया