१५ अंकले नेप्से घट्दा एक अर्ब ३३ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से १५ दशमलव ७६ अंकले घटेर १९ सय ३३ दशमलव २९ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ३२ अंकले घटेर तीन सय ६३ दशमलव ९० अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरुको ३० हजार चार सय ८५ पटकको कारोबारमा ३७ लाख ७७ हजार चार सय कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौ सय २९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सुचक सात दशमलव ८६ अंकले घटेर १२ सय ४६ दशमलव २५ अंकमा झरेको छ । बिकास बैंक समुहको सूचक ४५ दशमलव ८६ अंकले घटेर तीन हजार पाँच सय ४१ दशमलव ९० अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि २६ दशमलव ८३ अंकले घटेर २५ सय ८६ दशमलव ५७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि एक सय २८ दशमलव ४६ अंकले घटेर नौ हजार पाँच सय ५४ दशमलव २७ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सूचक पनि ९४ दशमलव २१ अंकले घटेर आठ हजार सात सय ५९ दशमलव ७६ अंकमा झरेकोमा फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज मायाखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौं दशमलव ९८ प्रतिशतले बढेर दुई सय ९२ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बोटर्लस नेपाल तराई लिमिटेडको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ६२ प्रतिशतले घटेर ११ हजार सात सय ३२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता छ सय ४९ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा नौं करोड १९ लाख ९८ हजार २४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया