नायिका आकाङ्क्षा दुबेको मृत्युको कारण आत्महत्या

एजेन्सी । भोजपुरी अभिनेत्री आकाङ्क्षा दुबेले बनारसको एक होटेलमा आत्महत्या गरेकी छिन् । मोडल तथा अभिनेत्री आकाङ्क्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटेलमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ । उनी भोजपुरी उद्योगको चर्चित अनुहार हुन् ।
आकाङ्क्षाले ‘वीरों के वीर’ र ‘कसम बदना वाले की २’ जस्ता भोजपुरी फिल्ममा काम गरेकी थिइन् । आज मार्च २६ मै भोजपुरी सुपरस्टार पवन सिंहसँगको उनको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतको शीर्षक ‘आरा कहिले हरा नही’ हो । नयाँ गीतमा देखिएकी आकाङ्क्षा आज यो गीत हेर्न यो संसारमा रहिनन् भन्ने कुरा पत्याउन प्रशन्सकहरुलाई गाह्रो भइरहेको छ ।
अभिनेत्री दुबेले किन यस्तो कदम चालिन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन । आकाङ्क्षा दुबे तीन वर्षको उमेरमा आमाबुवासँग मुम्बई पुगेकी थिइन् । उनका आमाबाबुले उनलाई आईपीएस अफिसर बनाउन चाहन्थे तर उनको दिमाग नृत्य र अभिनयमा थियो। सानैदेखि टिभी हेर्न मन लाग्थ्यो । यही जोस पछ्याएर उनी फिल्मी दुनियाँमा आइन् ।
मुम्बईमा पढेपछि आकाङ्क्षाले फिल्ममा करियर सुरु गरेकी थिइन् । रिपोर्ट अनुसार १७ वर्षको उमेरमा आकाङ्क्षा दुबेले भोजपुरी सिनेमामा पाइला राखेकी थिइन् । त्यहाँ उनले निर्देशक आशी तिवारीसँग केही फिल्ममा काम गरिन् । यद्यपि उनले धेरै पटक अस्वीकारको सामना गर्नुपरेको थियो । आकाङ्क्षा सन् २०१८ मा डिप्रेसनमा गएकी थिइन् । त्यसपछि उनी केही समय फिल्मी पर्दाबाट टाढिइन । आकाङ्क्षा दुबेले फिल्ममा पुनरागमनको श्रेय आफ्नी आमालाई दिएकी थिइन् । फिल्मका अतिरिक्त उनले धेरै राम्रा गीतको म्युजिक भिडियोमा पनि काम गरेका छिन् ।
२०२१ मा आएको उनको गीत ‘तुम जवान हम लिका’ ब्लकबस्टर हिट साबित भयो । उनले खेसरीलाल यादवसँग ‘नच के मालकिन’ भिडियोमा पनि काम गरेकी थिइन । उनका ब्लकबस्टर हिट गीतमा ‘भुआरी’, ‘काशी हिले पटना हिले’, ‘नामरिया कमरिया मे खोस देब’ आदि छन्।
प्रतिक्रिया