सन्दीप लामिछानेको मुद्दा घिमिरेको इजलासमा
नेपालखोज
२०७९ चैत १३ गते १२:१४

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विरुद्ध परेको जर्वजस्ती करणी मुद्दा फैसलाको लागि न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको हो।
न्यायाधीश घिमिरेले नै सन्दीपविरुद्ध थुनछेक आदेश गरेका थिए । गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । पछि जिल्ला अदालतको आदेश उच्च अदालत पाटन र सर्वोच्च अदालतले बदर गरेको थियो ।
उच्च अदालतले सर्तसहित धरौटिमा रिहाई गरेकोमा सर्वोच्च अदालतले उनलाई लागेको बिदेश प्रतिवन्ध पनि हटाउन आदेश दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया