पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख दिने
नेपालखोज
२०७९ चैत १३ गते १३:०८

काठमाडाैं । कोसी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रूपैयाँ दिने निर्णय गरेको हाे । प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडीको निर्देशकमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया