कुटपिटको आरोपमा दुर्गेशविरुद्ध उजुरी
नेपालखोज
२०७९ चैत १३ गते १३:२६

काठमाडौं । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन् ।
त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् । दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया