बिहीबार, वैशाख ११, २०८२

प्रहरी र पहिचानवादीको झडपमा १३ जना घाइते

नेपालखोज २०७९ चैत १४ गते १५:२४

विराटनगर । विराटनगरमा पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।

होटेल बिगमा हुने एक अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको हो ।

झडपमा तीन जना सशस्त्र प्रहरी तथा तीन जना नेपाल प्रहरीका जवान घाइते भएको एसपी दीपक पोखरेलले दिएको जानकारी दिए । आन्दोलनकारी तर्फ पनि ७ जना घाइते भएको आन्दोलनका अगुवा आङकाजी शेर्पाले जानकारी दिए ।

झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपपछि आन्दोलनकारी फर्किएका छन् भने स्थिति सामान्यतर्फ फर्किएको छ ।

प्रतिक्रिया