बिहीबार, वैशाख ११, २०८२

जीवन कहानी सुनाउदै शिव श्रेष्ठ

नेपालखोज २०७९ चैत १४ गते १७:०५

काठमाडौं । पछिल्लो समय कलाकार धमाधम पोडकास्टतर्फ आकर्षित भएका छन् । निशा अधिकारी पोडकाष्ट सञ्चालनमा व्यस्त छिन् । प्रियंका कार्की, ऋचा शर्मा, रीमा विश्वकर्मा यूट्यूव कन्टेट निर्माणमा जुटेको खबर पुरानै हो ।

अन्य सञ्चारकर्मीले पनि नयाँ नयाँ पोडकाष्ट सुरु गरेका बेला पुराना नायक शिव श्रेष्ठलाई पनि पोडकाष्टमा भेटिने भएको छ । ‘शिव दाई पोडकाष्ट’नामक पोडकाष्टको अन्तिम तयारीमा पुगेका श्रेष्ठले प्रोमो सार्वजनिक गरेका छन् ।

उक्त पोडकाष्टमा उनले कलाकारिता र जीवनका उतारचडाब सुनाउनेछन् । ट्रि–मिडिया नामक संस्थासँग मिलेर आफूले कार्यक्रम चलाउन लागेका हुन् ।

पत्रकार सम्मेलनमार्फत पोडकास्टको औपचारिक घोषणा गर्ने शिवको तयारी छ ।

https://youtu.be/kjGxIYfLpZE

प्रतिक्रिया