बिहीबार, वैशाख ११, २०८२

विष्णु खत्रीको ‘गल्कोटे दाई’ (भिडियो)

नेपालखोज २०७९ चैत १४ गते १७:२८

काठमाडौं । जाला बरु यो मेरो गर्धन
दिन्न तिम्रो हुनलाई मानमर्दन
गल्कोटे दाई
मेरो सम्झना सधैँ तिमिलाई

यी हरफ विष्णु खत्रीको नयाँ दोहोरी गीत ‘गल्कोटे दाई’मा समाबेश छन् । यस्ता थुप्रै शब्दलहरीमा आफैँलाई भेट्नेगरि शब्द रचना गरिएको छ । गीत, संगीत र गायनका अब्बल गायक खत्रीले त्यो अब्बलता ‘गल्कोटे दाई’मा पनि प्रस्तुत गरेका छन् ।

गायिका देवी घर्ति मगरसँग स्वर सारथी गरेका खत्रीले यो गीतलाई मौलिक गीतको कोटीमा राखेका छन् । उ बेलामा ‘जाम्मु काश्मिरमा’, ‘भरिया दाई’, ‘किसानी दाई’, ‘अन्तरजातीय विवाह’मा भेटिने लोक रस ‘गल्कोटे दाई’मा पनि भेटिने उनको दाबी छ ।

अडियोको जमानादेखि सिडी, सिआरविटी, पिआरविटी हुँदै डिजिटल बजारसम्म पनि उत्तिकै सक्रिय गायक खत्रीले एकपछि अर्को ओझिलो सृजना सार्वजनिक गर्दै आएका छन् । विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा विजय पुन र समारिका ढकालको फिचर्ड छ ।

प्रतिक्रिया