बिहीबार, वैशाख ११, २०८२

प्रधानमन्त्री प्रचण्ड चितवन जाँदै

नेपालखोज २०७९ चैत १६ गते ९:३३

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक छाडेर चितवन उडेका छन् । सत्ता गठबन्धनको बैठक र मन्त्रिपरिषद् विस्तारको तयारीका बीच प्रधानमन्त्री प्रचण्ड आज चितवन गएका हुन् ।

मन्त्रालय भागबण्डाका लागि आज बिहान आह्वान भएको बैठक बालुवाटारमा जारी छ । चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् ।

उनी दिउँसो एक बजे काठमाडौं फर्किने सचिवालयले जनाएको छ । आजै प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

प्रतिक्रिया