बिहीबार, वैशाख ११, २०८२

जीतनारायण श्रेष्ठको दाबी : चितवन २ मा मंसिरको उल्टो परिणाम आउँछ

नेपालखोज २०७९ चैत १६ गते १५:११

काठमाडौं । आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा चितवन २ मा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले मंसिरको उल्टो परिणाम आउने दाबी गरेका छन् ।

कांग्रेस कार्य सम्पादन समितिको निर्णयपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै श्रेष्ठले अन्य उम्मेदवारलाई हराउदै आफूले जित्ने निश्चित भएको दाबी पेश गरेका छन् । मंसिरको निर्वाचनमा भारी मतान्तरसहित विजयी बनेका रवि लामिछाने यो पटक हार्ने उनले बताए । उनले भने, ‘त्यो मंसिरको जुन निर्वाचन थियो, एउटा हावाहुरी थियो । त्यो हावाहुरी जस्ले ल्यायो । त्यो मान्छे अहिले जनतामाझ आफ्नो स्थिति खोज्दै हिड्नुपर्ने परिस्थिति बनिराख्याछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिरमा फालेको फण्डाका कारण चितवनका जनता झुक्किएको र अब त्यसो नहुने बताए । उनले भने, ‘उनको गतिविधिबाट जनताले बुझिसके की, वास्तविकता के रैछ ? त्यसकारण मंसिर परिणाम दोहोरिदैन् । यो कुरामा म पूर्ण रुपमा विस्वस्त छु ।’ श्रेष्ठले आफूनै गठबन्धनको साझा उम्मेदवार बन्ने विश्वास समेत व्यक्त गरे ।

मंसिरमा सम्पन्न निर्वाचनबाट विजयी बनेका रवि लामिछाने नागरिकता काण्डमा अदालतले दोषी ठहर गरेपछि सांसद, पार्टी सभापति र उपप्रधान तथा गृहमन्त्रीको पद खोसिएको थियो । सो क्षेत्रमा रास्वपाले पार्टी सभापति लामिछानेलाई उम्मेदवार बनाउँदैछ भने एमालेले उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया