सिक्वल फिल्म ‘नाइँ नभन्नु ल ६’ ट्रेलर सार्वजनिक
नेपालखोज
२०७९ चैत १६ गते १६:३६

काठमाडौं । सिक्वल फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर आज सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई सांगीतिक शैलीमा प्रस्तुत गरिएको छ ।
आशिर्वाद र आँचललाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत गरिएको छ । गायिकाको रुपमा सफल हुन संघर्ष गरिरहेको पात्रको भूमिकामा उनी प्रस्तुत छन् । ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण ट्रेलरमा डेब्यु अभिनेता आशिर्वाद क्षेत्री शीर्ष भूमिकामा देखिएका छन् ।
सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ । विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गरेको फिल्म वैशाख १ गते प्रदर्शन हुदैँछ ।
सम्बन्धित
प्रतिक्रिया