‘जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राख्न हुँदैन’
नेपालखोज
२०७९ चैत १६ गते १९:३६

काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुले न्याय सम्पादन गर्दा पूर्वाग्रह राख्न नहुने उल्लेख गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक सम्मेलनमा उनले न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्ने कुरा बिर्सिनुपर्ने बताएका हुन् ।
कामु प्रधानन्यायाधीश कार्कीले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसावबाट गरिए न्याय पूर्वाग्रही हुने स्पष्ट पारे । पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने उनको भनाइ थियो ।
कामु प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिनेसमेत बताए । न्यायिक समितिले फैसला गर्नेभन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया