बिहीबार, वैशाख ११, २०८२

रास्वपा सभापति भन्छन्, ‘यो देश हाम्रो पुस्ताले हाँक्ने छ’

नेपालखोज २०७९ चैत १६ गते २२:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले यो देश हाम्रो पुस्ताले हाँक्ने बताएका छन् । नेपाली कांग्रेस त्यागेर रास्वपा रोजेका स्वर्णिम वाग्लेलाई संकेत गर्दै उनले भनेका छन्, ‘अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ ।’

चितवन २, बारा २ र तनहुँ १ मा आगामी बैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनलाई संकेत गर्दै सभापति लामिछानेले एकको बदला तिन लिएर संसद छिर्ने सपना रहेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन्’भनेका छन् । चितवन २ मा सभापति लामिछाने, तनहुँ १ मा स्वर्णिम बाग्लेलाई उम्मेदवार बनाउने चर्चा छ भने बारा २ कसलाई उम्मेदवार बनाउनेबारे रास्वपा छलफलमै छ ।

प्रतिक्रिया