रास्वपा : चितवनमा रवि, तनहुँमा स्वर्णिमसहित ३ र बारामा रमेश खरेलको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको छ । पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको हो ।
उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन् । त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे रहेका छन् । वाग्ले आजैमात्र कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए । त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ । चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ ।
रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ । यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।
प्रतिक्रिया