बिहीबार, वैशाख ११, २०८२

आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

नेपालखोज २०७९ चैत १७ गते ७:२२

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज दलहरूले आ-आफ्नो दलको तर्फबाट सरकारमा क-कसलाई पठाउने सूची बुझाउने छन् ।

बिहान ११ बजेसम्म दलहरूले प्रचण्डलाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गराउने तयारी गरिएको छ । बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको थियाे ।

सत्ता साझेदार दलहरुका बीचमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १÷१ मन्त्रालय पाउने समझदारी छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि मन्त्री हुनेछन् ।

प्रतिक्रिया