खुल्यो सात दोबाटोको स्विमीङ पुल
नेपालखोज
२०७९ चैत १७ गते ८:२०

काठमाडाैं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ ।
चैत्र १६ गते देखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिए । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।
यो स्विमीङ पुलमा व्यक्तिगतका लागि प्रति सिफ्ट दुई सय, मासिक चार हजार, त्रैमासिक १० हजार, प्रशिक्षणसहित प्रतिमहिना पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक १३ हजार शुल्क तोकिएको छ । गत वर्ष सिजनमा करिब ५० हजारले यो पुलबाट सेवा लिएका थिए भने त्यस बाट एक करोड संकलन भएको प्रमुख कट्वालले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया