रास्वपाले भोलि पत्रकार सम्मेलन गर्ने
नेपालखोज
२०७९ चैत १७ गते २१:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
रास्वपाले भोलि अपराह्न ४ बजे बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । सो पत्रकार सम्मेलनमा रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेल पनि रहनेछन् । स्रोतका अनुसार रास्वपाले उपनिर्वाचनको लागि आधिकारिक उम्मेदवार घोषणा गर्दैछ ।
कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका वाग्ले उपनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्दैछन् भने बारा २ बाट खेरल लड्ने भएका छन् । अध्यक्ष लामिछाने चितवन २ बाट उठ्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया