बिहीबार, वैशाख ११, २०८२

एच ३ एन २ इन्फ्लुएन्जा फैलँदै, संक्रमणबाट जोगिने उपाय ?

नेपालखोज २०७९ चैत १८ गते ७:१०

अचानक मौसममा आएको परिवर्तन अर्थात अत्यधिक चिसो देखि तातोसम्मको तापक्रममा देखापर्ने परिवर्तनका कारण मानिसमा फ्लूका लक्षण देखिन्छन् । मौसम द्रुत गतिमा परिवर्तन हुँदै जाँदा नयाँ भाइरस एच थ्री एन टु पनि अहिले तिब्रतर गतिमा फैलिरहेको छ । एच थ्री एन टु भाइरस अहिले सबैका लागि चिन्ताको कारण बनेको छ । विज्ञहरूले एचथ्री एनटु इन्फ्लुएन्जा अत्यधिक संक्रामक भएको बताएका छन् ।

इन्फ्लुएन्जा ब् ज्घल्द्द भेरियन्टका भाइरसलाई ज्घल्द्दख् भाइरस पनि भनिन्छ । डब्लूएचओको सेन्टर फर डिजीज कंट्रोल एन्ड प्रिवेन्शनका अनुसार २००९ ज्ज्ञल्ज्ञ भाइरसको म्याट्रिक्स ९m० जीनसँग मिलेको थियो । यो भाईरस जुलाई २०११ मा मानिसमा सरेको फेला परेको थियो । सन् २०१० मा अमेरिकामा सुँगुरमा पहिलो पटक यो भाइरस देखिएको थियो । २०११ मा १२ जना मानिसमा ज्घल्द्दख् को निदान गरिएको थियो । २०१२ मा ज्घल्द्दख् को प्रकोप अमेरिकामा देखियो जसमा ३०९ जना संक्रमित भए ।

एच ३ एन २ इन्फ्लुएन्जा कसरी फैलन्छरु विज्ञहरूका अनुसार एच ३ एन २ इन्फ्लुएन्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यो संक्रमित व्यक्तिले कसैसँग कुरा गर्दा, खोक्दा वा हाच्छ्युँ गर्दा सर्छ भने यो भाइरसले दूषित सतह हुँदै कसैको मुख वा नाकमा पुग्न सक्छ। विज्ञहरूका अनुसार गर्भवती महिला, साना बालबालिका, वृद्धवृद्धा तथा स्वास्थ्य अवस्था जटिल भएका व्यक्तिहरू यो फ्लू बाट गम्भीर अवस्थामा पुग्न सक्छन् त्यसैले उनिहरुको मामिलामा बढी संवेदनशील हुनु पर्छ ।

एच३एन२ इन्फ्लुएन्जाको लक्षण

एच३एन२ इन्फ्लुएन्जाबाट प्रभावित व्यक्तिमा ज्वरो, खोकी, घाँटी दुख्ने, नाक बग्ने वा भरिने , शरीर दुख्ने, टाउको दुख्ने, चिसो लाग्ने तथा थकान जस्ता लक्षण देखा पर्न सक्छन् । कतिपय अवस्थामा बान्ता वा पखाला पनि हुन सक्छ । यी लक्षणहरू सामान्यतया एक हप्तासम्म रहन सक्छन् । यद्यपि, केही व्यक्तिमा लक्षण लामो समयसम्म रहन सक्छ ।

संक्रमणबाट जोगिने उपाय

अहिले हाम्रो देसमा नेपाली न्यु इयरको तयारि चल्दैछ । यस्तो अवस्थामा एच३एन२ भाइरसको द्रुत प्रसार निकै चिन्ताको विषय हो । नयाँ वर्ष त मनाउनुपर्छ तर यश अवसरमा भिडभाडमा जाँदा सावधानि अपनाउनु पर्छ । विज्ञहरूका अनुसार विशेषगरी वृद्धवृद्धा र दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग, मुटुको समस्या, मृगौलाका बिरामीले होसियार रहनुपर्छ ।

नियन्त्रणको उपाय

आफ्नो हात नियमित रूपमा साबुन पानीले धुने , बिरामी व्यक्तिको सम्पर्कमा आउन नदिने ।
हाछ्युँ गर्दा वा खोक्दा आफ्नो मुख र नाकलाई टिस्यु वा रुमालले छोप्ने ।
आफ्नो अनुहारलाई अनावश्यक रूपमा नछुने , विशेष गरी आँखा, नाक र मुख ।
मानिसहरूलाई भेट्न वा कुनै पनि भीडभाड भएको ठाउँ जस्तै शपिङ सेन्टर वा अस्पतालमा जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने ।
भाइरसले दूषित भएको कुनै पनि सतहलाई छोएपछि त्यो हाम्रो हातबाट मुख वा नाक सम्म पुग्छ । त्यसैले रेलिङ आदि सतह नछुनु होस , छोइ हाले तत्काल साबुन पानीले हात धुनुहोस ।
भीडभाड भएको ठाउँमा नजानुहोस् र बिरामीहरूबाट टाढा रहनुहोस् ।

५ वर्ष मुनिका बालबालिका वा ६५ वर्ष वा माथिका व्यक्तिहरू, गर्भवती महिला वा दम जस्ता दीर्घकालीन रोग भएका व्यक्तिहरूलाई फ्लू लाग्ने सम्भावना बढी हुने भएकाले भीडभाड हुने ठाउँमा नजान सल्लाह दिइन्छ ।

प्रतिक्रिया