एमालेको निर्णय : चितवन २ मा न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने
नेपालखोज
२०७९ चैत १८ गते १५:५५

काठमाडौं । नेकपा एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमालेले बारा २ मा अन्य पार्टीका प्रभावशाली नेतालाई प्रवेश गराएर टिकट दिने प्रयास समेत भइरहेकाले आज निर्णय नभएको बताइएको छ ।
चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो ।
तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिवार बिहानै जिल्लाबाट आएका नेताहरूले बालकोट पुगेर सहमति जनाएका थिए । नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
एमालेको बैठकले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनमा वित्तीय अपराधकै प्रावधान राखि कारबाहीको दायरामा ल्याउनका लागि सरकारलाई अपिल गर्ने निर्णयसमेत गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया