रावलसँग संवाद गर्न तीनसदस्यीय वार्ता टोली गठन
नेपालखोज
२०७९ चैत १८ गते १८:३०

काठमाडाैं । नेकपा (एमाले)ले पार्टीका नेता डा. भीम रावलसँग संवाद गर्न तीनसदस्यीय वार्ता टोली गठन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले रावल पार्टीको विधि र विधानविपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि टोली गठन गरेको हो ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठित वार्ता टोलीमा पार्टीका सचिव एवं सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य छन् ।
सम्बन्धित
प्रतिक्रिया