बिहीबार, वैशाख ११, २०८२

बालबालिकामा मात्र हैन, वयस्कमा पनि हुन सक्छ अटिजम

नेपालखोज २०७९ चैत १९ गते ११:१७

काठमाडौं । अटिजमद्वारा प्रभावितहरुको विश्वव्यापी तथ्याङ्क फेला पार्न गाह्रो छ किनभने यो विकारको पहिचान र उपचारको कुनै समान विधि छैन । अमेरिकामा रोग नियन्त्रण र रोकथाम केन्द्र (CDC) ले व्यवस्थित रूपमा यसको डेटा सङ्कलन गर्दछ, जसका अनुसार के अनुमान गरिन्छ भने अमेरिकी वयस्क जनसंख्याको २.२१ प्रतिशत अटिज्मबाट प्रभावित छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अटिजम अर्थात् अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) एक विकासात्मक विकार हो । जसले सञ्चार र व्यवहारलाई असर गर्छ र जुनसुकै उमेरमा देखा पर्न सक्छ। अटिजम एक स्पेक्ट्रम हो अर्थात् प्रत्येक प्रभावित व्यक्तिले विभिन्न तीव्रताका अटिस्टिक लक्षणहरू अनुभव गर्दछ । सामान्यतया यो बाल्यकालमा पहिचान गरिन्छ किनभने अटिज्मका लक्षणहरू पहिलो दुई वर्षमा देखा पर्छन् तर धेरै मानिसहरूमा यसको लक्षण वयस्क उमेर पछि देखा पर्दछ र धेरैले यसको कुनै उपचार गर्न सक्दैनन् ।

अटिजमको पहिचान महिलाहरुमा धेरै ढिलो देखिन्छ । यसको एउटा कारण के हो भने महिलाहरूले आफु वरपरका घटनाहरूको राम्रोसँग नक्कल गर्छन् र त्यसबाट केही फरक व्यवहार सजिलै लुकाउँछन् । ध्यान दिनु पर्ने कुरा के पनि हो भने अटिजम कुनै रोग होइन । ब्रिटिस नेशनल हेल्थ सर्भिसको वेबसाइट अनुसार अटिज्म स्पेक्ट्रम डिसअर्डर भएका व्यक्तिहरूको मस्तिष्कले फरक तरिकाले काम गर्छ ।

अटिजमको कुनै उपचार छैन । यदि कसैलाई अटिजम छ भने उसले आफ्नो बाँकी जीवन अटिस्टिक रहनु पर्छ । यद्यपि प्रभावित व्यक्तिहरूलाई आवश्यक परे वा जरुरत मुताविक मद्दत गर्न सकिन्छ ।

प्रतिक्रिया