कति पारिश्रमिक पाउँछन् चियरलिडरले ?

काठमाडाैं । आईपीएलले धेरै क्रिकेटरको भाग्य बदलेको छ । आईपीएलमा राम्रो प्रदर्शन गरेपछि धेरै क्रिकेटर आफ्नो देशको राष्ट्रिय टिममा छनोट भएका छन् । हरेक वर्ष आईपीएलको लिलामीमा खेलाडीको करोडौंको बोली लाग्छ । तर के तपाईलाई थाहा छ आईपीएल खेलमा हरेक बलमा नाच्ने चियरलिडरहरुलाई कति पारिश्रमिक दिइन्छ ?
चियरलिडरलाई खेलाडीहरूले पाएको भन्दा धेरै कम पारिश्रमिक दिइन्छ। प्रत्येक फ्रेन्चाइजीमा विभिन्न चियरलीडर हुन्छन् । क्लब अनुसार उनीहरुको तलब र कामको सम्झौता पनि फरक–फरक हुन्छ । मिडिया रिपोर्ट अनुसार एक चियरलीडरलाई औसत २७ लाख रुपैयाँ जतिको प्याकेज दिइन्छ । चियरलिडर्सको तलब उमेर, सौन्दर्य र अनुभवलाई ध्यानमा राखेर निर्धारण गरिन्छ।
कोरोनाकाल पछि फर्किए चियरलीडरहरू
भर्खरै महिला आईपीएल सम्पन्न भएको छ । करिब एक महिनासम्म चलेको उक्त लिगमा लामो समयपछि चियरलिडर्स देखिएका थिए । कोरोनाका कारण पछिल्ला केही वर्षदेखि आईपीएलका खेलमा चियरलिडरहरू आउनु र नाच्नु नियमविपरीत थियो । तर अहिलेको अवस्था हेर्दा यो सिजन फेरि एकपटक चियरलिडरहरू खेलमा नाचिरहेको देख्न सकिन्छ । प्रत्येक टिमका चियरलीडरहरू फरक छन्, जसलाई फरक तरिकाले छनोट गरिन्छ। आईपीएलमा आफ्नो सीप प्रस्तुत गर्न धेरै देशबाट चियरलिडर्स आउँछन्।
तलब बाहेक अरु आम्दानी
मिडिया रिपोर्ट अनुसार बलिउड किंङ शाहरुख खानको टिम कोलकाता नाइट राइडर्सका चियरलिडरको तलब सबैभन्दा बढी छ । कोरोनाअघि केकेआरले प्रत्येक खेलका लागि १२ हजार रुपैयाँ दिने गरेको थियो । यो सिजनमन पनि केकेआरले यी चियरलिडरहरूमा प्रसस्त पैसा खर्च गर्न सक्छ। चियरलिडरहरूको कमाई बाहेक, उनीहरूलाई पार्टी प्रदर्शन बोनस, एलिमिनेटर बोनस, टोली क्वालिफायर वा फाइनलमा पुगेको अवस्थामा छुट्टै पैसा दिइन्छ।
प्रतिक्रिया